ओपनएआईको नयाँ एआई मोडल जीपीटी–४ओ लञ्च
क्यालिफोर्निया । संसारभर सबैभन्दा धेरै प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण च्याटजीपीटीले अब मानिसमा भएजस्तै भावनाहरू देखाउँदै कुरा गर्न सक्ने भएको छ । र्यापिड फायर मोडमा च्याटजीपीटीको नयाँ संस्करण जीपीटी–४ओले प्राकृतिक स्वभावमा गफ गर्न सक्नेछ ।
साथै यसले प्रयोगकर्ताको भावनात्मक इशारा पनि बुझेर र सोही अनुसार जवाफ दिन सक्नेछ । च्याटजीपीटी सन् २०२२ को अन्त्यमा लञ्च भएको थियो । त्यसयता मेकरहरूले यसलाई निरन्तर अपग्रेड गर्दै आएका छन् । अब कम्पनीले आफ्नो नयाँ लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) जीपीटी–४ओ ल्याएको छ ।
यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो र शक्तिशाली एआई मोडल भनिएको छ । नयाँ मोडलले च्याटजीपीटीलाई स्मार्ट र प्रयोग गर्न सजिलो बनाउने दाबी कम्पनीको छ । यसले पुरानो साथी जस्तै तपाईंको हरेक कुरा सम्झिने ओपनएआईका चीफ टेक्नोलोजी अफिसर मीरा मुरातीले लाइभ स्ट्रिममा भनेकी छिन् ।
च्याटजीपीटीको नयाँ मोडल डेस्कटप, मोबाइल एप र वेब संस्करणहरूमा निःशुल्क र सशुल्क चलाउन सकिनेछ । सशुल्क प्रयोगकर्ताका लागि गति राम्रो हुनेछ र क्षमता सीमा पनि धेरै हुनेछ । यो ५० भाषामा चल्नेछ । जीपीटी–४ओले जीपीटी–४ टर्बोको तुलनामा दुई गुणा रफ्तारमा काम गर्ने बताइएको छ ।
जीपीटी–४ओले मानिस जस्तै गरी कुरा गर्न सक्नेछ । योसँग कुराकानी गर्दा एआई बटसँग कुरा गरिरहेको छु भन्ने महसुस नै नहुने कम्पनीको भनाइ छ मेसिन र मानिसबिचको कुराकानीलाई प्राकृतिक बनाउन कम्पनीले जीपीटी–४ ओमा कयौं खाले भ्वाइस एक्सेन्ट एिको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण