सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीले लगायो ह्विप
बिहीबार, ०३ जेठ २०८१, १० : ४०
धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारी पक्षमा विश्वासको मत दिन ह्विप लगाएको हो ।
यहाँ माओवादी दलको नेताबाट हटाइएका खगराज भट्ट असन्तुष्ट देखिएका छन् । उनलाई फकाउन दलको बैठकले संसदीय दलको नेताबाट भन्दा माथिको वरीयतामा राख्ने निर्णय समेत गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए ।
यसैबिच सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ । दलका नेता धामी र पूर्व मन्त्री झपट साउद कार्यदलमा रहेका छन् ।
मुख्यमन्त्री सोडारीलाई आज विश्वासको मतको प्रायोजनको लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण