राष्ट्रसंघद्वारा निलो आकाशका लागि सफा हावा दिवस घोषणा
एजेन्सी । संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ ।
स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरुले जनाएका छन् । वायु प्रदुषणले विश्वभरीका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाई छ ।
वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामुलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिदै आएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
-
नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
-
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण