बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता जरुरी भयो : वक्ताहरू
सारांश
- वक्ताहरूले वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरू एक भएर सङ्घर्षको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
- वक्ताहरूले बालेन सरकार अमेरिकी कठपुतली रहेको र नेपालको सत्ता तथा शक्तिको चाबी अमेरिकी हातमा पुगेको आरोप लगाएका छन् ।
- कम्युनिस्टहरूलाई सैद्धान्तिक गोलचक्करबाट व्यवहारिक पाटोमा जोडिन र विदेशी हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्न आह्वान गरिएको छ ।
काठमाडौँ । वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरू एक भएर सङ्घर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । आइतबार राजधानीको संवाद डबलीमा समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरूले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको सत्ता र शक्तिको चाबी प्रत्यक्ष रुपमा अमेरिकी हातमा पुगेको दबी गरे । ‘धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिञ्चित रहेछन्, फ्री तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरूको रक्षा हुन्छ’ ओलीले प्रश्न गरे ।
‘लेनिन विष्ट जस्ताहरूलाई क्रान्तिविरुद्ध अमेरिकाले उचालिरहेको थियो, सुधन गुरुङ त्यत्रो आरोपबाट सहजै मुक्त गराएर गृहमन्त्रीमा पुनर्वहाली गरी मित्र राष्ट्र चीनविरुद्ध प्रयोग हुने खतरा छ’ ओलीले भने ।
तत्काल सबै क्रान्तिकारी कम्युनिस्टहरू एक भएर वर्तमान सरकारको विकल्पमा जानुपर्ने ओलीको जोड छ । नेपाली कम्युनिस्टहरू सैद्धान्तिक गोल चक्करमा मात्रै फसिरहेको र ‘त्यसलाई व्यवहारिक पाटोमा जोडौँ’ भन्नेतिर कार्यपत्र हरेको भन्दै सराहना गरे ।
नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारले भूमिहीन तथा सुकुमबासी माथिको दमन कम्युनिस्टहरूको वैचारिक प्रतिबद्धताबाट विमुख र वर्ग उत्थानको उपज रहेको जिकिर गरे ।
‘यो सरकार पूर्णरुपले विदेशीद्वारा सञ्चालित छ, जसलाई नेपाली जनताको कुनै मतलब छैन, त्यसैले यसको विकल्पका लागि हामीले आन्दोलन गर्नुपर्छ’ बास्तोलाले भने ।
नेपालको विशिष्ट भूराजनीतिक अवस्था रहेको र त्यसै अनुसार नेपाली जनक्रान्ति सम्पन्न गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै सबै क्रान्तिकारीहरूलाई एक हुन पनि बास्तोलाले आह्वान गरे ।
समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली जनक्रान्ति सफल नहुनुको मुख्य कारण बाह्य भन्दा आन्तरिक मुख्य रहेको दाबी गरे । सिंहले अवधारणाको उद्देश्यदेखि निष्कर्षसम्मको ७ बुँदे कार्यपत्रमा असफलताको कारण र त्यसको निकास बारे प्रस्ट पारेका छन् । ‘नयाँ कार्यनीति तथा वैज्ञानिक कार्यदिशाको निरूपण एवम् कार्यान्वयनमा दृढताले मात्रै नेपाली जनक्रान्ति सफल गर्न सकिन्छ’ सिंहले भने ।
क्रान्तिको मोडेल आयात तथा निर्यात नहुने ठोकुवा गर्दै सिंहले भने, ‘नेपालमा अरू देशमा गरिएका क्रान्तिका मोडेलको आयात तथा अनुसरण गरिदा बारम्बार धक्का खाइयो, अब मौलिक मोडेलको विकास जरुरी छ ।’
सिंहले सैद्धान्तिक अस्पष्टता, विचार, वर्ग विश्लेषण, सङ्गठनात्मक समस्या, कार्यदिशा र कार्यनीतिमा समस्या, विशिष्ट भूराजनीति, सम्झौता र विसर्जन नै नेपाली क्रान्तिका मुख्य समस्या रहेको कार्यपत्रमा उल्लेख गरेका छन् ।
नेकपाका सङ्गठन विभाग प्रमुख कृष्णहरि भट्टले समाजवादी कम्युनिस्ट पार्टीद्वारा अगाडि सारिएको अवधारणाले नागरिक सर्वोच्चताका लागि सघाउ पुर्याउने विश्वास रहेको बताए । नेपालको क्रान्ति सम्पन्न नहुनुमा विदेशी हस्तक्षेप मुख्य कारक रहेकोसमेत उनले जिकिर गरे ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विगतको सिंहावलोकन र वर्तमान समयको विशिष्टीकरणमा आधारित रहेको बताउँदै, सो उचित भए पनि अझै समृद्ध गर्नुपर्नेमा जोड दिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुष्प न्यौपानेले सैद्धान्तिक विषयका कुरा गरे पनि व्यवहारिक रुपमा अगाडि बढ्न नसक्दा नेपाली कम्युनिस्टहरू असफल भएको जिकिर गरे ।
समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतम‘विनयराज’ले नेपाली कम्युनिस्टहरू एक नभए विदेशीले ‘कम्युनिस्ट मुक्त नेपाल’ बनाउने खतरा रहेको दाबी गरे ।
अखिल नेपाल श्रमिक महासङ्घका अध्यक्ष विनोद कुमार थापाले वर्तमान सरकारले विदेशी योजनामा नेपाली श्रमिकहरूलाई अधिकार विमुख बनाउन विभिन्न हत्कण्डा अपनाएकोले त्यस विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामको चुलाचुलीमा वर्षातको समयमा खोलाजन्य उत्खननको अनुमति
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण