शनिबार टीभीएस ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप’ हुँदै
काठमाडौं – आगामी शनिबार काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ ।
नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ ।
मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको सो रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हने छन् । यसमा १ सय ५० देखि २ सय सीसीसम्मका बाइक गुडाइने छ ।
सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् । विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिने छ ।
च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन् । लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।
मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण