आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक खरिद नियमावली संशोधन भएपछि व्यवसायी उत्साहित

बुधबार, १६ पुस २०७६, १५ : ०३
बुधबार, १६ पुस २०७६

काठमाडौँ । निमार्ण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् । 

निमार्ण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली– २०६४’ को नवौं संशोधनबाट निर्माण व्यवसायीहरुको महत्त्वपूर्ण मागहरु पूरा भएको बताएका हुन् । 

महासंघका अध्यक्ष रवि सिंहले संशोधनमा व्यवसायीहरुको माग सम्बोधन भएको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । 

सरकारले गत मंसिर १४ गते अलपत्र भएका आयोजनाको बाँकी काम सम्पन्न गर्न थप एक बर्ष समय दिने र बैंक क्रेडिट लाइनको समस्या समाधान हुने गरी सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन राजपत्रमा प्रकाशित गरेको थियो । सरकारको यस कदमले रुग्ण आयोजनाहरुको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएका व्यवसायीहरुले काम सुरु गर्न सक्ने अध्यक्ष सिंहले बताए । 

 सिंहले व्यवसायीहरुलाई यथाशीघ्र काममा नफर्कने र कार्यतालिका अनुसार काम सम्पन्न गर्न नसक्नेलाई महासंघ आफैले कारबाही गर्न सिफारिस गर्ने चेतावनि पनि दिए । 

उनले  महासंघले सरकारसँग गरेको प्रतिवद्धता अनुसार ठेक्का समयमै सम्पन्न गर्न नसके सरकारले ठेक्का तोडी धरौटी समेत जफत गर्न सक्ने कानूनी व्यवस्थगा रहेको बताउँदै सजग भएर काम गर्न आग्रह गरे । 

महासंघका अनुसार देशभर करिब २२ सय परियोजनाहरुमा सार्वजनिक खरिद ऐनका कारण म्याथ थप हुन नजक्दा निर्माण व्यवसायीहरुले काम गर्न सकेका थिएनन् । महासघंले यसअघि २५ बुँदे माग सहित आनदोलनका कार्यक्रम घोषणा गरेको थियो । नवौं संशोधनबाट महत्वपूर्ण माग सम्बोधन भएपनि केही माग अझै सम्बोधन नभएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप