‘दि कर्मा’ को ट्रेलर: नेगेटिभ भूमिकामा परमिता र बुद्धि
काठमाडौं । १७ माघदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिब्र बनाउन ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट २० सेकेन्डको ट्रेलरमा करण वर्मा, परमिता राणा, निता ढुंगाना, बुद्धि तामाङ देखिएका छन् ।
ट्रेलरमा परमिता र बुद्धिको नेगेटिभ भूमिका देख्न सकिन्छ भने निता र करण जोडीको रुपमा प्रस्तुत भएका छन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
कथा निर्माता जय राज राय आफैँले लेखेकको फिल्ममा रायसँगै श्रीदेव बिएल र निशा खतिवडासमेत निर्माताको रुपमा रहेका छन् । फिल्मको सहनिर्माता सारदा खड्का अर्याल हुन् ।
फिल्ममा करण, निता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतको मुख्य भूमिका रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । रामेश्वर कार्कीको छायाँकन, कोशिश क्षत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत फिल्ममा छ । ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा फिल्म प्रति उत्सुकता बढाउने निर्माता जय राज रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई