बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘१२ सत्ताईस’

बुधबार, १६ पुस २०७६, १८ : ०३
बुधबार, १६ पुस २०७६

काठमाडौं । ‘१२ सत्ताईस’ आउँदो माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट फिल्मको सार्वजनिक प्रदर्शन मिति नजिकिँदै गर्दा नयाँ ट्रेलर ल्याएको छ । फिल्मको प्रचार प्रसारलाई थप बल पुर्याउन र पहिलो ट्रेलरमा नसमेटिएका विषय देखाउन दोस्रो ट्रेलर ल्याएको निर्माण युनिटले जनाएको छ । 

पैसा कमाउन गर्ने बिभिन्न १२ सत्ताइस क्रियाकलापको बिषय विषयवस्तुमा निर्माण भएको यो फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् ।  निर्देशक योञ्जनको कथा समेत रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँद लगायतको मुख्य भूमिका रहेको छ । 

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् । फिल्मको सह–निर्माताको रुपमा गौतम शाह रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप