नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियो
बिहीबार, १७ पुस २०७६, २० : २९
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म चलेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण