छायाँकनको अन्तिम चरणमा ‘ठुलो माछा’
शुक्रबार, १८ पुस २०७६, १२ : ४५
काठमाडाैँ । ‘ठुलो माछा’ अहिले छायाँकन भइरहेको फिल्म हो । प्रदीप पाठकको निर्देशन रहेको अहिले काभ्रे आसपासमा छायाँकन भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम सकिएको छ ।
कमेडी बिषयबस्तुमा निर्माण भएको फिल्म ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकार महादेव त्रिपाठी, एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी), उत्तम केसी, प्रदीप पाठक (नक्कली प्रचण्ड), लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
ह्याप्पी पाठक इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित ‘ठुलो माछा’लाई प्रकाश पाठकले निर्माण गरेका हुन् । यसका सहनिर्माताका रुपमा राम शरण खत्री रहेका छन् ।
फिल्मको रिलिज फागुन अन्तिम गरिने निर्माता पाठकले बताए । नेपाल अगाडि फिल्मलाई जापान र अमेरिकामा पनि प्रदर्शन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय