न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस
न्युयोर्क । बिपी कोइराला र गणेशमान सिंहले २०३३ साल पुस १६ गते निर्वासित जीवन परित्याग गरि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले शनिबार आफ्नै कार्यालय ज्याकसन हाईट्स, न्युयोर्कमा ४४ औं मेलमिलाप दिवस मनाएको छ ।
क्विईन्स कम्यूनिटी वोर्ड ५ सदस्य तथा नेपाली कॉंग्रेसका युवा नेता ज्ञानल थापा, कॉंग्रेस न्यूयोर्कका नेता टकबहादुर रूवाली, सुर्य सिम्खडा, फाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रेम पौडेल, दावा शेर्पा, नेविसंघ अमेरिका शाखाका अध्यक्ष प्रभातराज सापकोटा, एनआरएनए अमेरिका शाखाका कोषाध्यक्ष शोभाकान्त पाण्डे, काभ्रे समाजका उपाध्यक्ष मोहन विष्ट लगायतले आ-आफ्ना धारणाहरू राखेका थिए ।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्व र शारदा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत भाषण फाउन्डेशनका उपाध्यक्ष सुबर्ण लामाले गरेका थिए । कार्यक्रम सन्चालन फाउन्डेशनकै केन्द्रीय सदस्य छिरिगं राप्के लामाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए
-
रवि र गगनको राजनीतिक ब्याटल
-
चोर्नकै लागि हवाईजहाजमा यात्रा
-
नीतिगत स्थिरतामार्फत लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग