जुटेन सहमति, कांग्रेसले संसद् अवरोध जारी राख्ने
काठमाडौँ । सत्तापक्षसँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको हो ।
बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभएको महतले बताए । ‘उहाँहरूले फासपुसे समिति बनाउन खोज्नु भयो । हामीले त्यो मानेनौँ,’ उनले भने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनमा सहमति नभए संसद् चल्न नदिने हामीले निष्कर्ष निकालेका हौँ ।’
प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण