अमेरिकी उड्ययन विभागद्वारा इराक, इरान र पर्सियन खाडीमाथिको आकास आकस्मिक संकटकाल घोषणा
एजेन्सी । अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ ।
इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो ।
एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।
‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।
केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।
एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो ।
मिसाइल आक्रमण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो ।
सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने धम्की दिइरहेका थिए ।
Source: https://www.foxnews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण