अमेरिकी उड्ययन विभागद्वारा इराक, इरान र पर्सियन खाडीमाथिको आकास आकस्मिक संकटकाल घोषणा
एजेन्सी । अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ ।
इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो ।
एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आक्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।
‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।
केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।
एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो ।
मिसाइल आक्रमण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो ।
सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने धम्की दिइरहेका थिए ।
Source: https://www.foxnews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ