समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु
मुगु । समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको आज बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो । थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उहाँको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए ।
‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’, रामबहादुरले भने । आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ ।
लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पाचाँै सन्तान जन्माएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण