सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायिकाको मानहानी भएको भन्दै तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् । उनले वैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शीर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए ।
उनले भने, “यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शीर्ष नेताहरुको निरंकुशताको बन्दी हुने ? यो निकै गम्भीर राजनीतिक र संवैधानिक प्रश्न तेर्सिएको छ ।”
उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलीले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रिपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए ।
उहाँले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए । जनताको बहुदलिय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण