शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थ्रीस्टारलाई फ्रेन्ड्सको झड्का

आइतबार, २७ पुस २०७६, १५ : ०७
आइतबार, २७ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नमिठो झट्का लागेको छ । दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बी भिडन्तमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो । 

यस हारसँगै थ्रीस्टारको उपाधि यात्रा कमजोर बन्ने देखिएको छ । बलियो थ्रीस्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी सेमोले निर्णायक गोल गरे । सेमोल खेलको १३ औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सको जितमा प्रयाप्त बन्यो ।

सेमोले विश्व अधिकारीको फ्रिकिकमा हेड गोल गरेका थिए । सेमो म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । थ्रीस्टारले लगातार गोलको अवसर बनाएपनि सफल हुन सकेन । लिगमा फ्रेन्ड्सको यो पहिलो जित हो । 

६ खेलबाट १० अंक बनाएको थ्रीस्टार चौथो स्थानमा छ । पहिलो जितसँगै ६ खेलबाट पाँच अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप