प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभामा धकेलाधकेल
बिहीबार, ०३ जेठ २०८१, १८ : १४
प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको हो । सो क्रममा सभामुख देवराज घिमिरेले सभामुखको आसन घेराउ गरेका कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरेपछि सभामुख घिमिरेले लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण