उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने’
पोखरा । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावी भेटघाट शुरु गरेका छन् । गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनेका पार्टीका सचिवालय सदस्य श्रेष्ठ र महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले आज पोखरामा मतदातासँग भेटघाट गरे ।
उम्मेदवारद्वयले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गरेका थिए ।
त्यस अवसरमा उम्मेदवार श्रेष्ठले पार्टीले राष्ट्रियसभामा आफ्नो आवश्यकता देखेर नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू राष्ट्रियसभामा जान तयार भएको बताए । आगामी दिनमा समेत पार्टी र देशको हितका लागि उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने जानकारी दिँदै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।
उम्मेदवार न्यौपानेले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकाले पार्टीको भरोसा र प्राप्त जिम्मेवारीलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार छ ।
निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मतभार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण