‘लप्पन छप्पन २’को टिजरमा कलाकारको भरपुर एक्सन
काठमाडौं । मुकुन्द भट्टको निर्देशन रहेको फिल्म ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा फिल्मका केही मुख्य अंस समेटिएका छन् ।
१ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन भरपुर देख्न सकिन्छ । टिजरबाट फिल्म पैसाको चलखेलको बिषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमल्सिना हुन् ।
शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रीजना सिना, रन्जीत ओन्ता लगायतले फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआरआरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसी र निर्देशक भट्टको एक्सन, निरज केसीको साउण्ड र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा निर्माण गरेका हुन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण