काँग्रेसमा ‘अर्जुन’को भूमिका निभाउने कोही भएन : सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारपक्षबाटै लोकतन्त्र खतरामा परेको बताएका छन् ।
मंगलबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रमाथि खतरा बढेपनि प्रतिपक्ष दल काँग्रेस प्रतिवादमा उत्रन नसकेको बताएका छन् ।
सिटौलाले स्वतन्त्र संवैधानिक निकायहरु अदालत,संसद अख्तियारलाई समेत सरकारले प्रभावित पारेको भन्दै ती संस्थाहरुको काम कारवाहीमा सरकारको प्रत्यक्ष प्रभाव परेको देख्न सकिने बताए ।
उनले काँग्रेसको मौनता पनि लोकतन्त्रको चुनौतीका रुपमा रहेको बताए ।
‘यस्तो अवस्थामा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको हो । तर काँग्रेस पनि मौनता साँधेर बसेको छ । यो अर्को चुनौती हो’, नेता सिटौलाको भनाइ छ । उनले महाभारतको कथा सुनाउदै भने, ‘काँग्रेस पार्टीमा अर्जुनको भूमिका निर्वाह गर्ने कोही नेता भेटिएन ।’
महाभारतमा कृष्णले अर्जुनलाई साथ लिएर कौरवलाई पराजय गरेको स्मरण गराउँदै उनले काँग्रेसमा आफूले त्यस्तो अर्जुन भेट्न नसकेको बताए ।
‘मैले अर्जुनका रुपमा अघि सारेर जाने अवस्था आएन । त्यसैले अहिले जे छ त्यही ढंगले आफू अघि बढ्ने उनले बताए । ‘देउवा वा पौडेल दुवै अर्जुन बन्न सक्दैनन, सिटौलाको भनाइ छ ।
उनले पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न गत आइतबार सभापति शेरबहादुर देउवा निवासमा आफू र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको छलफलमा पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे कुराकानी भएपनि ठोस निष्कर्षमा पुगिनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?