अमेरिकामा उडिरहेको विमानले विद्यालय क्षेत्रमा इन्धन झार्यो, ६० घाइते
एजेन्सी । अमेरिकाको लस एन्जेल्सको आकासमा मंगलबार साँझ एक ठूलो विमानले इन्धन झारेपछि तल रहेका कैयौं मानिस प्रभावित भएका छन् ।
लस एन्जेल्स काउन्टी दमकल विभागका निरीक्षक सीन फग्र्यूसनका अनुसार जेट विमानले झारेको इन्धनका कारण सबैभन्दा बढी प्रभावित हुने विद्यालय पार्क एभेन्यू एलीमेन्टरी स्कुल रह्यो । स्कुल विमानस्थलभन्दा झण्डै १९ मील पूर्व छ ।
त्यहाँ २० विद्यार्थी र थप ११ व्यक्तिहरु चोट लागेको थियो । चोट लागेका सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यसबाहेक स्यान ग्याब्रियल एलिमेन्ट्री, ग्राहम एलिमेन्टरी, ट्वीड एलिमेन्ट, ९३वे स्ट्रीट एलिमेन्ट्री र जोर्डन हाई स्कूल क्षेत्रमा पनि जेट इन्धन झरेको थियो ।
जेट इन्धन झरेको क्षेत्रका मानिसले साबुन पानीले धोएका त्यसलाई पखालेका थिए । तर साबुन पानीले धुदाँ पनि अवस्थामा सुधार नभएका केहीलाई अस्पताल भर्ना गर्नु परेको थियो ।
दमकल विभागका निरीक्षक स्काई कर्नेलले इन्धन लागेका विद्यार्थीलाई कपडा फेर्नको लागि ‘गाउन’ दिइएको बताए ।
एक विद्यार्थीले सुरुमा पानीको छिटा होला भन्ने ठानेको तर आकासतर्फ हेर्दा जहाजको इन्धन रहेको पत्ता लागेको बताए ।
खासमा के भएको थियो ?
डेल्टा एयरलाइन्सले दिएको जानकारी अनुसार जेट विमानको इन्धन चीनको सांघाईतर्फ जादैं गरेको विमानबाट झरेको थियो ।
तर उडेको केही समयमै विमानमा प्राविधिक खराबी देखिएपछि विमानलाई तुरुन्त लस एन्जल्स विमानस्थल फिर्ता गर्नुपरेको थियो ।
२८८ यात्रु सवार विमानलाई सुरक्षित अवतरण गराउनको लागि विमानबाट इन्धन हटाउनुपर्ने थियो ।
विमानबाट इन्धन झार्ने कार्य उड्यन क्षेत्रमा प्रयोग हुने गरे पनि त्यसको लागि विमानलाइ अनकन्टार स्थान वा धेरै माथि उचाईमा लानुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा