५१ प्रतिशत पदाधिकारी हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्छ : गगन थापा
काठमाडौं । सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हुन् ।
नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको खवस्थमा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाई छ ।
थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधनसहित पारित गराउनुपर्ने बताएका थिए । उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु गलत भएको बताएका छन् । समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उनको भनाई छ ।
बिहीबार समितिले विश्वविद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो । समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण