सभामुखको निर्वाचन माघ १२ गते
काठमाडौँ । रिक्त प्रतिनिधिसभाका सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक ६ दिनपछि अर्थात माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको निर्वाचन गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा प्रतिनिधि सभाका जेष्ठ सदस्यले आगामी बैठकमा सभामुखको निर्वाचन हुने सूचना पढेर सुनाउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
सोमबार दोस्रो बैठक अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि संसदका जेष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाको अध्यक्षता गर्न सांसद महन्थ ठाकुरले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर शपथ लिएपछि उनकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ ।
सोमबार पहिलो बैठक राखेर नेकपाका तर्फबाट उपसभामुख बनेकी डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण