भुवनको नजर जसितातिर
काठमाडौं । फिल्म ‘लिलिबिलि’ अभिनेत्री हुन् जसिता गुरुङ । अभिनेता प्रदीप खड्कासँगको जोडीको रुपमा अभिनय सुरुवात गरेकी उनले पहिलो फिल्मबाटै मनग्य चर्चा बटुल्न सफल भइन् । चर्चामात्र होइन, पहिलो फिल्मबाटै रातारात स्टार भएकी उनको डिमान्ड फिल्म क्षेत्रमा पनि बढ्यो । तर पनि उनले बाहिरको फिल्म अभिनय नगरेर ‘लिलिबिलि’ निर्माताको गोबिन्द शाहको ‘लभ स्टेशन’ अभिनय गरिन् ।
‘लभ स्टेशन’बाट राम्रो चर्चा बटुल्न सफल भएपनि ब्यवसायिक सफलता भने उनले पाउन सकिनन् । त्यसैले पनि उनी केही समय चर्चा भन्दा बाहिर रहिन् । अहिले फेरि उनी चर्चामा छाउन सफल भएकी छन् । सदाबहार अभिनेता भुवन केसीको नजर उनी तिर परेपछि उनी अहिले फेरि चर्चाको केन्द्र बनेकी हुन् ।
भुवन केसीले आफ्नो होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा जसितालाई अनमोल केसीको अपोजित भूमिकामा फाइनल गरेका छन् । बुधवार फिल्मका निर्माता समेत रहेका भुवनले अभिनेत्री जसितासँग अभिनयका लागि कागजी सम्झौता समेत गरेका छन् ।
काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायाँकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएको छैन । फिल्म एक भारतीय निर्देशकबाट निर्देशन गराउने कोसिसमा भुवन लागेका छन् । फिल्ममा भुवन केसीको नेगेटिभ भूमिका अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने