धरौटीमा छुट्दै पुनः पकेट मार्दै
भक्तपर । महानगरीय प्रहरी वृत्त थिमिले पकेट मार्दै हिड्ने तीन जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले काठमाडौं–दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल ललितपुर ठैव बस्ने २० वर्षीय नविन राई, सिन्धुली जिल्ला प्याङ्गलेख गाउँपालिका वडा नम्बर ६ घर भइ गोदावरी बस्ने २६ वर्षका राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने २० वर्षका रुविन कठायत रहेका छन् ।
पकेट मारेर भाग्दै गरेका उनीहरुलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको हो । उनीहरुले महिलाको साथबाट नगद ११ हजार रुपैयाँ पकेट मारेका थिए । राई गत पुस २ गते कौशलटारमा एक यात्रुको साथबाट नगद ८ हजार रुपैयाँ पकेटमारको आरोपमा पक्राउ गरेका व्यक्ति हुन् । उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेशपछि धरौटीमा छुटेका थिए ।
त्यसैगरी गोले दुई वर्षअघि पकेटमारमा संग्लन रहि महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरि धरौटीमा छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार
-
प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद सापकोटा
-
जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग सांसद श्रेष्ठको माग
-
कांग्रेस प्रदेशको भाषा साहित्य कला संस्कृति विभागले बोलायो बैठक
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ