अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एस र इन्स्टाग्राममार्फत साथी बनेर रकम ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु घर भएका ३० वर्षीय संजय बस्नेत, नुवाकोट घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय करण तामाङ गोले छन् ।
आरोपीहरूले पीडितहरूलाई प्रलोभनमा पारेर पार्सल र अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनेर रकम ठगेको हुन् । उनीहरुले अनधिकृत रूपमा इसेवा आइडीमा समेत पहुँच राखेर बैंक खाता र वालेटबाट १६ लाख ५९ हजार ट्रान्सफर गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
बायनान्स एपमार्फत संजय बस्नेत र करण तामाङ गोलेले १० करोड ९५ लाख ४२ हजार रुपैयाँ कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण