जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग सांसद श्रेष्ठको माग
दाङ । लुम्बिनी प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मिना श्रेष्ठले जनसङ्ख्या असन्तुलन मिलाउन सरकारसँग माग गरेकी छिन् । प्रदेश सभामा सम्बोधन गर्दै उनले पहाड र मधेसमा जनसङ्ख्या असन्तुलन भइरहेकोले यसलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने बताएकी हुन् ।
उनले बसाँइसराईले पहाड र मधेसमा एकैचोटी समस्या निम्त्याएको बताइन् । बसाइसराइ कै कारण पहाडमा गाउँहरू खाली हुने र तराईमा जनघनत्व अत्यधिक बढेपछि एकपछि अर्को समस्या निम्तिएको उनले बताइन् । ‘पहाडी क्षेत्रमा विद्यालय र शिक्षक छन् । विद्यार्थी छैनन्, त्यस्ता विद्यालयलाई मर्ज गरौँ,’ उनले भनिन्, ‘त्यहाँका शिक्षकलाई विद्यार्थी चाप धेरै भएका तराइ र सहरी क्षेत्रमा सारौँ ।’
सांसद श्रेष्ठ स्वास्थ्य, खानेपानी तथा पूर्वाधारका क्षेत्रमा पनि यस्तै प्रकारका असन्तुलनहरू देखिएकोले यसलाई सम्बोधन गर्न सरकारसँग माग गरिन् । उनले हाल सञ्चालन भएको विकासको मोडललाई पुनर्विचार गरेर मानिसको वहाव जतातिर छ त्यतैतिर केन्द्रित गरेर विकास बढाउन पनि माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण