स्लोभानियाका प्रधानमन्त्रीद्वारा राजीनामा, आकस्मिक निर्वाचन घोषणा
एजेन्सी । युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिएका छन् । राजीनामासँगै उनले आकस्मिक निर्वाचनको घोषणा पनि गर्नुभएको देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ ।
राजीनामा र निर्वाचनको घोषणाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सारेसले आफ्नो उद्देश्य अनुसारको काम गर्न नसकेकाले राजीनामा दिनु परेको बताएका थिए । राजधानी जुब्जानामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अल्पमतको सरकारबाट काम गर्न गाह्रो भएको र उपलब्धि हाँसिल गर्न नसकिएको पनि जानकारी दिए ।
‘जम्मा १३ जना सांसद र त्यसको गठबन्धनले जनताका सामु मैले घोषणा गरेका प्रतिबद्धता अनुसारको काम गर्न सकिन, बरु निर्वाचनपछि सकिन्छ भन्ने ठानेर मैले राजीनामा दिएको र आकस्मिक निर्वाचनको घोषणा गरेको छु,’ उनले भने ।
स्वास्थ्य विमाका बारेमा विवाद भएर अर्थमन्त्री अन्ड्रेज बेर्टोनसेल्जले राजीनामा दिएको ठिक एक हप्तापछि प्रधानमन्त्री सारेसले यो घोषणा गरेका हुन् । अर्थमन्त्री बेर्टोन्सेल्जले गत सोमबार राजीनामा दिएका थिए । Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष
-
पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु