गलत मनसायका साथ सरकारले कानुनहरु बनाउन खोज्योः नेता पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गलत मनसायका साथ कानुनहरु ल्याउन खोजेको बताएका छन् ।
नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताए । संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उनले बताए । सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनले बताए ।
पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण