आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि...

आइतबार, १९ माघ २०७६, १२ : ००
आइतबार, १९ माघ २०७६

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विटारनगर  जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् । 

आइबार ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् । 

उनले विटारनगर  जाने क्रममा विमानमा परिचारिकाले डाक्टरकहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ।'

त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो । पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर !'

अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप