बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि...
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् ।
आइबार ट्विट गर्दै अध्यक्ष भट्टराईले विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् ।
उनले विटारनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टरकहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ।'
त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो । पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर !'
अध्यक्ष भट्टराईले ट्विटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।
बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो?म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर!केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम?म-कसरी चिन्नुभो?उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत?वा हामीoutdated?
— Baburam Bhattarai (@brb1954) February 2, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण