वैदेशिक रोजगारमा गएर फिर्किएको तथ्याङ्क
सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ ।
अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो ।
अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन् ।
अब अध्यागमन विभागले पनि छुट्टै तथ्याङ्क राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने, कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्याङ्क आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिप मेलामा मोबाइल रिपेयरिङको अत्यधिक माग
-
रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग
-
गृहमन्त्री लामिछानेले सभामुखलाई दिए निवेदन : संसदमा बोल्ने अनुमति पाउँ
-
रुसी सेनामा ६ सय २० जना नेपाली : ३९ जनाको मृत्यु, २७२ जना सम्पर्कविहीन
-
सभामुखसहित शीर्ष नेताको बैठकमा जुटेन सहमति
-
जसपाको दाबी, ‘कोशी र लुम्बिनी प्रदेशका सांसदहरू हाम्रो साथमा छन्’