अख्तियारले दायर गरेको मुद्दाको प्रकृतिले प्रश्न उब्जाएको छ: रामचन्द्र पौडेल
काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दायर मुद्धाप्रति असन्तुष्टि जनाएका छन् । पौडेलले सो मुद्दाको प्रकृतिले संशय र प्रश्न उब्जाएको दाबी समेत गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेलगत्तै नेता पौडेलले सो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता पौडेलले भनेका छन्, ‘अख्तियारले बालुवाटरस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ । लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन् ?’ यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अख्तियारले चालेको सो कदमप्रति असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण