श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे
मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो ।
त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।
चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए ।
पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए ।
म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण