भारतको राज्यसभा बैठकको रेकर्डबाट मोदीको सम्बोधनको अंश हटाइयो
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आफ्नो धारणा राख्ने क्रममा प्रयोग गरेको शब्द ‘असंसदीय’ भन्दै संसदको रेकर्डबाट हटाइएको छ ।
राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद प्रस्तावअन्तर्गत मोदीले बिहीबार राज्यसभामा आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा उनले प्रयोग गरेको शब्दलाई राज्यसभाको अध्यक्षता गरेका उपराष्ट्रपति एम वेंकैया नायडुले हटाउन निर्देशन दिएका हुन् ।
राज्यसभा सचिवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ फेब्रअरी साँझ ६ः२० देखि ६ः३० सम्मको राज्यको कारवाहीको एक निश्चित हिस्सालाई हटाइएको छ ।’
मोदीको सम्बोधनका अतिरिक्त नायडुले काँग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादको टिप्पणीबाट पनि एक शब्दलाई हटाएका छन् । मोदीको सम्बोधन लगत्तै आजादले राज्यसभामा आफ्नो धारणा राखेका थिए ।
भारतमा राज्यसभाको अध्यक्षता उपराष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ । आधिकारिक रेकर्डका लागि उपयुक्त नदेखिएका टिप्पणीलाई सदनको सभापतिको निर्देशनअनुसार हटाउने गरिन्छ ।
यद्यपि भारतको संसदीय अभ्यासमा प्रधानमन्त्री कै टिप्पणी हटाउनु दुर्लभ घटना हो । मोदी र आजादले प्रयोग गरेका कुन शब्द हटाइए भन्ने खुलाइएको छैन ।
राज्यसभा बैठकमा मोदीले विपक्षी दललाई निशाना बनाउँदै भनेका थिए, ‘नयाँ दशकमा नयाँ आवरणको जो अपेक्षा थियो, त्यसमा म निराश भएको छु, तपाईहरु जहाँ हुनुहुन्थ्यो, त्यहीँ रहनु भयो ।’
उनले विपक्षी सांसदहरुलाई लक्षित गर्दै पहिला ‘साइलेन्ट’ (मौन) रहेकाहरु अहिले ‘भाइलेन्ट’ (हिंस्रक) हुन थालेको टिप्पणीसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण