बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतद्वारा निर्मित विद्यालय प्रचण्डले गरे उद्घाटन

सोमबार, २७ माघ २०७६, १६ : ४८
सोमबार, २७ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत सरकारद्वारा निर्मित नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन सोमवार उद्घाटन गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको थियो । यस विद्यालयमा करिब ६३७ विद्यार्थी अध्ययनरत छन् । 

नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् । दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको पनि उपस्थित थियो । दूतावासको तर्फबाट दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरको पनि उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप