बालविकास शिक्षा सुधारको माग गर्दै अध्यक्ष चापागाईँले सुरु गरे धर्ना
बिहीबार, ०३ जेठ २०८१, १३ : ०३
काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले प्रारम्भिक बालविकास शिक्षा सुधार माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।
‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित चापागाईँ बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिएर धर्ना दिने युनियनले जनाएको छ। अध्यक्ष चापागाईँले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ हुनुपर्ने बताएका छन्।
साथै उनले बालविकास शिक्षा सुधार, बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधा, कम्तीमा स्नातक योग्यता कायम गरी योग्यताअनुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण