रोजगारी खोज्न सरकारी साईट शुरु
काठमाडौं–सरकारले रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ । सरकारी प्रयासमा पहिलोपटक शुरु गरिएको यो साईटमा बेरोजगारले आफ्नो शैक्षिक योग्यता र गर्न चाहेको कार्य समाबेश गरि काम खोज्न सक्नेछन् ।
साइटमा रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिका पदहरु खुला गरिएको जानकारी राखिएको हुन्छ । अन्तरा्िष्ट्रय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्रा्िष्ट्रय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँग अवसरका खोजीमा रहेका युवाहरुलाई लक्षित गरी उक्त साइट संचालनमा ल्याएको होे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई समन्वय गर्ने कार्यमा उक्त साईट सहयोगी हुने बताईएको छ ।
साईटमा आवश्यता संख्या ,महिला ,पुरुष पनि समाबेश गरिएको हुन्छ । कामको खोजीमा रहेका युबाहरुले कामको प्रकृति , आवश्यक अनुभव र सम्पर्क स्थान उक्त साईटबाट प्राप्त गर्न सक्नेछन् । रोजगारदातामा क्लिक गरेपछि कम्पनीको सम्पर्क खुल्नेगरि साइट डिजाइन गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका १४ रोजगारदाता सुचना केन्द्रले यस कार्यका लागि सहजीकरणको भुमिका निर्वाह गर्नेछन् ।
मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरि बेरोजगारहरुको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सुचना केन्द्र संचालनमा ल्याइएको जनाइएको छ । श्रम बिभाग मातहत प्रत्येक अञ्चलमा एक पर्नेगरि १४ स्थानहरु महेन्द्रनगर ,धनगढि, नेपालगन्ज,जुम्ला ,दाङ,पर्वत, बुटवल, पोखरा ,हेटौडा,काठमाडौमा रोजगार सूचना केन्द्रहरु स्थापना गरिएको छ । त्यस्तै जनकपुर,उदयपुर बिराटनगर र भद्रपुरमा पनि रोजगार सूचनाकेन्द्र संचालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण