वर्तमान सरकारले देशको शिर झुक्ने काम गर्दैन: नारायणकाजी श्रेष्ठ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियत स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताएका हुन् ।
‘विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरु अरु देशको औपनिवेशिक हुँदा नेपालका हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै अरुको औपनिवेशिक हुन दिएनन्’, उनले भने, ’सधैँ सार्वभौम सम्पन्न, स्वाधीन राष्ट्रका रुपमा बचाइराख्नुभयो, अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिने छैन ।’ पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दृढ रहेको भन्दै उनले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकारअघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण