प्रज्ञाभवन अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला
काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सुरु भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुप आयोजना रहेको महोत्सवको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले शुभारम्भ गरेका थिए ।
कमलादी स्थित प्रज्ञाभवनमा आयोजित महोत्सवमा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलङ्का गरि १० देशका २ सय ५० बढी कलाकारले बिभिन्न नृत्य सहित आआफ्नो देशको कलासंस्कृति प्रस्तुत गर्नेछन् ।
नेपाली लोकसांस्कृति संरक्षण तथा सम्वर्द्धन गर्ने मुख्य उद्देश्यले हरेक बर्षमेला आयोजना हुँदै आएको आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए ।
पर्यटन प्रवद्र्धनको उद्देश्य समेत रहेको कार्यक्रम २५ फागुनसम्म चल्नेछ । महोत्सवका कार्यक्रमहरु काठमाडौं, ललितपुर र पोखरामा समेत आयोजना हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण