बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रज्ञाभवन अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला

आइतबार, १८ फागुन २०७६, १५ : २८
आइतबार, १८ फागुन २०७६

काठमाडौं । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मूल नाराका साथ काठमाडौमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सुरु भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुप आयोजना रहेको महोत्सवको शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले शुभारम्भ गरेका थिए ।

कमलादी स्थित प्रज्ञाभवनमा आयोजित महोत्सवमा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलङ्का गरि १० देशका २ सय ५० बढी कलाकारले बिभिन्न नृत्य सहित आआफ्नो देशको कलासंस्कृति प्रस्तुत गर्नेछन् ।

नेपाली लोकसांस्कृति संरक्षण तथा सम्वर्द्धन गर्ने मुख्य उद्देश्यले हरेक बर्षमेला आयोजना हुँदै आएको आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए । 

पर्यटन प्रवद्र्धनको उद्देश्य समेत रहेको कार्यक्रम २५ फागुनसम्म चल्नेछ । महोत्सवका कार्यक्रमहरु काठमाडौं, ललितपुर र पोखरामा समेत आयोजना हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप