कोरोनाको कारण स्थगित भयो ‘म यस्तो गीत गाउँछु २’ को कार्यक्रम
काठमाडौं । कोरोना भाइरसको प्रभाव विभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्व निर्धारित बिभिन्न कार्यक्रमहरु भटाभट स्थगित हुन थालेका छन् ।
यस्तैमा आज बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम समेत रोकिएको छ । बिषेश कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम स्थगित गरेको हो ।
यही फागुन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मले आज फिल्मको बिभिन्न बिषयबस्तु लगायत जानकारी गराउने उदेश्य सहित दरबारमार्गको राइजिङ महलस्थित क्युज चलचित्र भवनमा कार्यक्रम राखेको थियो । तर अन्तिम समयमा आएर निर्माण युनिटले कार्यक्रम रोकिएको जानकारी दिएको छ ।
कोरोनाको त्रासका कारण केही समय फिल्म हलमा दर्शक नदेखिने देखिएपछि फिल्म प्रदर्शन गर्ने नगर्ने बिषयमा बितरक लगायत पक्षसँग छलफल गर्न कार्यक्रम रोकिएको बुझिएको छ ।
‘म यस्तो गीत गाउछु २’मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।
सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी
-
हिमाली क्षेत्रमा कृषिलाई प्रोत्साहन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’
-
सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने
-
सहकारी सञ्चालन र नियमनमा सरकारले ल्यायो नयाँ नीति
-
व्यक्तित्व अधिकार माग्न उच्च अदालत पुगे ज्याकी
-
१ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने