सहकारी सञ्चालन र नियमनमा सरकारले ल्यायो नयाँ नीति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी संस्थाहरूको सञ्चालन र नियमनका लागि सरकारले नयाँ नीति ल्याउने बताएका छन् । मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले सहकारी संस्थाहरू स्थापनाको उद्देश्य अनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिने बताए ।
सहकारी नीतिलाई समयानुकूल बनाइने भन्दै सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने उनले बताए । ‘सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधिकरणमार्फत सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिने छ । सहकारी संस्थाहरू अनिवार्य रूपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।
सरकारको शेयर स्वामित्व भएको सहकारी संस्थालाई एकीकरण गर्न व्यवस्था मिलाइने उनको भनाइ छ । बचत तथा सहकारी संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गरिने राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण