ओलम्पिक समयमै गर्न जापान तयार
कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना गर्ने जनाएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका छन् ।
टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुनेछ । कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) अहिले छलफलमा ब्यस्त छ । यही समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
‘जापानले कोरोना संक्रमणको असरलाई टाढा राख्नेछ । हामी बिना समस्या ओलम्पिकको सफल आयोजना गर्नेछौ,’ आबेले भने । उनले आईओसीले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने पनि बताए । टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ ।
जापानले ओलम्पिक टर्च रिले मार्च २६ तारिखबाट सुरु गर्दैछ । तर जापानले हालै ओलम्पिक टर्च समारोह सर्मथक विनै आयोजना गरेको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार