कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न एकताबद्ध हुन नेकपाको अपील
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपील गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपील गरेको हो ।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिमबाट भने मुक्त नरहेको नेकपाले जनाएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ संस्था र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गरे ।
कोरोना विरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजिकरण गरिरहेको उनले बताए ।
प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयम सेवक तयार गर्न निर्देशन दिएको पनि बताए ।
आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयमसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण