
ADVERTISEMENT
चीनबाट २५ लाख मास्क ल्याइने

सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडका अनुसार मास्क र कीट एक साताभित्र नेपाल आइपुग्ने छन् ।
स्वदेशमा पनि मास्क र स्यानिटाइजर उत्पादन सुरु भएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ