मौसम पूर्वानुमान : आज वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।
मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ ।
महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमि भू–भागमा सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ ।
यसैगरी, पश्चिमि पहाडी भू–भागका थोरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । भने पश्चिमि हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने देशको पश्चिमि भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पश्चिमि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । पश्चिमि हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
-
‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
-
बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान