कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने १६ औँ योजनाको लक्ष्य
काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ ।
बुधवार राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य पुर्याउने जनाएको हो ।
आयोगले पञ्चवर्षिय योजनामा २०८०/०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए । उनले आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य १६ औँ योजनाले लिएको बताए । उनले १६ औँ योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए ।
आगामी आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने लक्ष्य १६ औँ योजनाले लिएको उल्लेख गरे । उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए ।
यस्तै गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए । १६ औँ योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्याउने,बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६ औँ योजनाको लक्ष्य राखेको छ ।
उनले १६ औँ योजनाले विद्युत् उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्याउने लक्ष्य लिएको पनि बताए । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्याउने लक्ष्य योजनाले राखेको छ । १६ औँ योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
-
अन्तर्राष्ट्रिय ट्रेड युनियनमा अजय राई निर्वाचित
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
-
मेनोपजसँग डर लाग्छ ? यस्ता छन् यसका फाइदाहरू
-
इजरायली हवाई आक्रमणबाट मृत्यु हुने लेबनानीको संख्या २ हजार ३०६ पुग्यो
-
सुहाउँदो क्यारेक्टर पाए म पनि हिरोको भूमिकामा खेल्छु : बुद्धि तामाङ