गुल्मीमा भारतबाट घर आएका एकको मृत्यु
गुल्मी – केहि दिन अघि मात्र भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हो ।
दमको रोगले बिरामी परेर घर आएका उनलाई कोरोेना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको भए पनि उनी लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।
‘उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिएका छन्। उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।
तेश्रो मुलकबाट त्यस वडामा एक जना मात्रै घर आएका छन् । वडाध्यक्ष पन्थीका अनुसार घर आएका मध्ये कसैले पनि सेल्फ क्वारेन्टाईनमा बस्न नमानेको वडाध्यक्ष पन्थीको भनाई छ ।
घमिरको भिरवारीको एउटा टोलामा मात्रै ५ जना भारतबाट आएका छन् । बाहिरबाट आउनेहरुलाई राख्ने ब्यवस्था गर्न आइसोलेनका लागि बेडहरु नभएर समस्या आएको मालिका गाउँपालिका प्रबक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण