सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो
कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिए ।
कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताए ।
कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी छन् । एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोको भनाइ छ ।
नेकपाका नेताले बाँडे साबुन र स्यानिटाइजर
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका युवानेता प्रमोदकुमार यादवले व्यक्तिगतरूपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गरेका हुन् । सप्तरीको इलाका प्रहरी कार्यालय बोदे बसाईन तथा सशस्त्र प्रहरी बेसक्याम्पलाई साबुन र स्यानिटाइजर वितरण गरेको नेकपा सप्तरीका सदस्यसमेत रहेका यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण