सूर्यविनायक चोकमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार
मङ्गलबार, १८ चैत २०७६, ०९ : २६
भक्तपुर – सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।
मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।
क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण