उडान बन्द हुँदा युएईमा ११ नेपालीको शव अलपत्र
–बिनोद श्रेष्ठ
युएई । कोरोना भाईरस (कोभिड–१९) का कारण उडान बन्द हुँदा युएईमा ११ जना नेपालीहरुको शव अलपत्र परेको छ । नेपालमा लकडाउन हुनुअघि र त्यसपछि युएईमा ज्यान गुमाएका ११ नेपालीको शव युएईका विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। ती शव आफन्तले समेत पाएका छैनन् ।
बिशेषत यूएईमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एक हप्ताभित्र नेपाल पठाउने गरिएपनि अहिले कोरोनाका कारण उडान नहुँदा शव पठाउन नसकिएको नेपाली दूतावास अबुधावीले जनाएको छ।
यहाँका उच्च निकायले नेपाली दूतावास अबुधावीलाई आफ्नो नागरिकको शव जतिसक्दो छिट्टो व्यवस्थापन गर्न अनुरोध गरेको छ। नेपाली दूतावास अबुधावीले शव व्यवस्थापन गर्ने नेपाल सरकार परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिएको छ।
लकडाउनसँगै उडान बन्द हुँदै जाने हो भने यहाँ रहेका नेपालीहरुको शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ । एक उडानमा बढीमा दुईवटा मात्रै शव पठाउन सकिने प्रावधान छ। त्यसैले उडान सुरु भएपनि सबै शव नेपाल लैजान समस्या आउने देखिएको छ। उडान रोकिदै गए खाडी मुलुक कतार, साउदी लगायत मलेसियामा रहेका धेरै नेपालीहरुको शव अलपत्र हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण